नबिल बैंकको आइ–कार्डमा बसाइटबाट नै आवेदन दिन सकिने

२ बर्ष अगाडि

काठमाडौं, नबिल बैंकको आइ–कार्डको लागि वेबसाइटबाट नै आवेदन दिन सकिने भएको छ । 

नबिल बैंकले आफ्नो ग्राहकहरुको सुबिधालाई ध्यानमा राखेर बैंकको वेबसाइटबाट नै नबिल आइ–कार्डको लागि निवेदन दिने व्यवस्था ल्याएको हो । 

यसका लागि नबिल बैंकमा खाता भएको ग्राहकले नबिल बैंकको वेबसाइटमा नबिल आइ–कार्ड सेक्सनमा जानुपर्ने बैंकले जनाएको छ । यसमा गएर निवेदन दिएपछि आफूलाई पायक पर्ने शाखामा गएर कार्ड लिन सकिने बैंकले बताएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया