माछापुच्छ्रे बैंकले ल्यायो केयर क्रेडिट सुविधा,  १० लाखसम्म लिन सकिने

२ बर्ष अगाडि

काठमाडौं, माछापुच्छ्रे बैंकले नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ‘एमबीएल केयर क्रेडिट’ सुविधा सञ्चालनमा ल्याएको छ ।

यस सुविधाअन्तर्गत ग्राहकले आफ्नो तथा परिवारको उपचारमा लाग्ने खर्च बैंकको केयर क्रेडिट सुविधाअन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्नसक्ने छन ।

यस योजनामा ग्राहकले १० लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । बैंकका क्रेडिट कार्ड भएका ग्राहक र नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकले यस सुविधा लिनसक्ने जनाइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया