पुनर्बीमा कम्पनीको इजाजतका लागि पाँच कम्पनीको आवेदन

२ बर्ष अगाडि

काठमाडौं, पुनर्बीमा कम्पनीको इजाजत (लाइसेन्स) का लागि पाँच कम्पनीको आवेदन परेको छ ।

बुधबारसम्ममा प्रुडेन्सियल रि, काठमाडौं रि, जेन्युन रि, अन्नपूर्ण रि र हिमालयन रि नामक कम्पनीहरुले पुनर्बीमा कम्पनीको लाइसेन्सको माग गर्दै आवेदन दिएका हुन् ।

समितिले प्रस्ताव आह्वान गर्नु अगावै पु्रडेन्सियल रि इन्योरेन्स, अन्नपूर्ण रि इन्स्योरेन्स, काठमाडौं रि इन्स्योरेन्स र जेन्युन रिइन्योरेन्स लगायतका कम्पनीहरुले पुनर्बीमा कम्पनीको अनुमति लिने तयारीमा लागि परेका थिए । लाइसेन्स माग्दै आएका पाँच कम्पनीमध्ये हिमालयन रि भने नयाँ कम्पनी हो ।

समितिले वैशाख १६ गते २१ दिने म्याद राखि एक सूचना मार्फत नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको थियो । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया