'अर्को प्रधानमन्त्री बन्न बाटो खुलेको छ,म दिक्क भइसके अब सरकार चलाउन मन छैन' ; प्रधानमन्त्री ओली

शुक्रबार, ०७ जेठ २०७८, १४ : ११

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बन्न नसके आफुले पुनः प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएका छन् । ‘म पनि दाबी गर्ने प्रयासमा छु । दावी गर्न सक्छु । अहिलेसम्म मसँग १२१ मतभार छ, मलाई अलि सजिलो होला ’, प्रधानमन्त्री ओलीले राष्ट्रपतिले दिएको समय सीमाभित्र सरकारको दावी गर्नुहुन्छ कि हुदैन रु भन्ने प्रश्नमा ओलीले भने, ‘समर्थन दिनुस् भनेर साथीहरुसँग कुरा गरिरहेको छु ।’ 


तर प्रधानमन्त्री ओलीले आफुलाई अब सरकार चलाउन मन भने नभएको बताएका छन् । ‘अर्को प्रम नबन्दा सम्म म प्रधानमन्त्रीकै रुपमा काम काज गरिरहन्छु । तर अर्को प्रधानमन्त्री बन्न बाटो खुलेको छ । म दिक्क भइसके सरकार चलाउन, मन छैन । अर्को सरकार बनाऊ त्यसका लागि बाटो खुलेकै छ । राष्ट्रपतिले मिलेन भनेर त भन्नुभएको छैन’, प्रधानमन्त्रीको भनाइ छ ।

शुक्रबार, ०७ जेठ २०७८, १४ : ११

प्रतिक्रिया