आज पूर्वमन्त्री योगेश भट्टराईको जीवनकै कठीन दिन, ईतिहासको कठोर मुल्याङ्कनमा

शुक्रबार, ०७ जेठ २०७८, २० : १०

एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेकपा ९एमाले० एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका छन् । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् । 

पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूले सहि वा गलत के गरेको भन्ने कठोर मूल्यांकन इतिहासले गर्ने उल्लेख गरेका छन् । 

‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’ 

शुक्रबार, ०७ जेठ २०७८, २० : १०

प्रतिक्रिया