विमान भाडामा लिएर आकाशमा विवाह

जेठ ११, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं– एक भारतीय जोडीले कोभिड प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको बीच आकाशमा विवाह गरेका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको भिड देखिन्छ।

उडान सुरु भएको मानिएको तमिलनाडु राज्यले हालै कडा प्रतिबन्धहरू लगाउँदै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागु गरेको छ।

द टाइम्स अफ इन्डिया दैनिकका अनुसार भारतीय उड्डयन निकायले स्पाइसजेटको सो उडानका कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ।

वायुसेवाका प्रवक्ताले इन्डियन एक्सप्रेस दैनिकलाई बोइङ ७३७ मदुराईदेखि बेङ्गलोरसम्मका लागि विवाहपछिको यात्राको लागि भनेर एक ट्राभल एजेन्टले भाडामा लिएका थिए।

ती प्रवक्ताले सेवाग्राहीलाई पालना गर्नुपर्ने कोभिड नियमका बारेमा स्पष्टसँग भनिएको र जहाजमा हुँदा कुनै पनि गतिविधि गर्ने अनुमति अस्वीकार गरिएको बताएको बीबीसीले लेखेको छ।
भारतमा अहिले कोरोनाभाइरसको घातक दोस्रो लहर चलिरहेको छ।

कोभिडका कारण त्यहाँ अहिलेसम्म कम्तीमा तीन लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

विगतका साताहरूमा अस्पताल र मसानघाटहरूमा भिड लागेको एवं त्यसका कारण अक्सिजनको कमी र दाहसंस्कार चौबीसै घण्टा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८