कोरोना संक्रमित एमालेका नेता तथा अर्थशास्त्री थापाको  निधन

मंगलबार, १८ जेठ २०७८, १० : ३१

अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ।

नेकपा (एमाले) का नेता समेत रहेका थापा केही दिनदेखि गंगालाल अस्पतालमा उपचाररत थिए।  उनको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

एमालेको अर्थ तथा योजना विभाग सचिव रहेका थापाले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार भएर काम गरेका थिए।

मंगलबार, १८ जेठ २०७८, १० : ३१

प्रतिक्रिया