दोस्रो घण्टा : नेप्सेमा २७.३१ अंकको वृद्धि, कारोबार रकम साढे ४ अर्ब नजिक

बुधबार, १९ जेठ २०७८, १३ : ११

काठमाडौं, कारोबारको चौथो दिन (बुधवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २७.३१ अंकले बढेर २७९८.६७ विन्दुमा पुगेको छ ।

एक बजे सम्म कारोबारमा आएका  २१४ ओटा कम्पनीको रू. ४ अर्ब ४९ करोड ९ लाख ७४ हजार बराबरको शेयर कारोबार  भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८३ करोड ७२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ७१५ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन र म्युचुअल फण्डसमूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ  । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ५ दशमव ५९ प्रतिशतले बढेको छ । 

बुधबार, १९ जेठ २०७८, १३ : ११

प्रतिक्रिया