काठमाडौं, साताको चौथो कारोबार दिन बुधवार ८ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।
यो दिन नेपाल इन्स्योरेन्सको शेयरमुल्य ९.९५ प्रतिशत, युनाइटेड हाइड्रोपावरको ९.९५ प्रतिशत रिडी हाइड्रो डेभलपमेण्ट कम्पनीको ९.९२ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ९.८६ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९.८६ प्रतिशत, बरुण हाइड्रोपावर ९.८२ प्रतिशत, पोखरा फाइनान्सको ९.६३ प्रतिशत र प्रभु इन्स्योरेन्सको ९.६१ प्रतिशतले शेयरमुल्य वृद्धि भएको हो ।
आठ ओटा कम्पनीको शेयरमा बजार बढेसँगै विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
प्रतिक्रिया