सुकीबिरुद्ध भ्रष्टाचारका थप मुद्दा !

२ बर्ष अगाडि

म्यानमारकी नेतृ अङ सान सुकीले भ्रष्टाचारका थप अभियोगहरु सामना गर्नुपर्ने भएको छ । सुकी विरुद्ध औपचारिक सुनुवाई सुरु हुन केही दिनमात्रै बाँकी छ । सरकारी सञ्चारमाध्यम ग्लोबल न्यु लाइट अफ म्यानमारका अनुसार द खिन कि फाउन्डेसनमा एन्टी–करप्सन कमिसनले गरेको छानबिनपछि नयाँ अभियोगहरु थपिएको हो ।

आफ्नो पदको दुरुपयोग गरेर भ्रस्टाचार गरेकोमा उनी दोषी पाइएको कमिसनले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । कमिसनले यसअघि यांगुन क्षेत्रका पूर्व मुख्यमन्त्रीसँग ६ लाख डलर र सुन लिएको अभियोग सुकी विरुद्ध लगाएको थियो । त्यस्तै, फाउन्डेसनको अध्यक्ष रहेका बेला सुकीले सम्पत्ति र जग्गा लिजमा दिने क्रममा अनियमितता गरेको अभियोग पनि छ । 

अन्य धेरै अधिकारीहरु पनि जमिनको इजाजत दिने क्रममा दोषी पाइएको प्रतिवेदनमा उल्लेख छ । ती व्यक्तिहरु विरुद्ध मुद्दा अघि बनाइसकिएको प्रतिवेदनले जनाएको छ ।  फेब्रुअरी १ मा सुकी र उनको सरकारका वरिष्ठ सदस्यहरुलाई सेनाले हिरासतमा लिएको थियो 

सुकीमाथि यसअघि नै लाइसेन्स बिना वाकटकीहरु राखेको,कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएका नियम तोडेको, उपनिवेशकाल देखिको देशको आधिकारीक गोप्य ऐन तोडेको लगायत मुद्दा लागेको छ । सोमबारबाट उनको सुनुवाई हुँदैछ । 

२ बर्ष अगाडि

प्रतिक्रिया