सिटिजन्स बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड, ऋण लगानी १ खर्ब २२ अर्ब

जेठ २७, २०७८ | आजको अर्थ
ajaako_artha

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै सातौँ विशेष साधारण सभा सम्पन्न गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव सभाबाट सर्वसम्मत रुपमा पारित भएको हो ।

सभाले सिर्जना फाइनान्स  लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरूको अनुमोदन पनि गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ९५ कित्ता सेयर ९१०।९५० दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ । 

दुबै बैंक तथा फाइनान्सको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकलाई सिर्जना फाइनान्स प्राप्ति गर्नका लागि बाटो खुलेको हो । यसै आ।व। भित्र सिर्जना फाइनान्सलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिए ।

२०७८ साल जेठ २६ गतेसम्मको तथ्याङ्कको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिव १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । 

हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्सको प्राप्ति पश्चात् उत्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उत्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् । सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका सेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले डिजिटल प्लेटफर्म जुममार्फत सभा संचालन गरेको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८