स्थगित खोप कार्यक्रम शुक्रबार पुनः शुरु

२ बर्ष अगाडि

काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाले आज स्थगित खोप कार्यक्रम शुक्रबार पुनः शुरु गर्ने भएको छ । सोमबार र मङ्गलबार गरी एक हजार ९०८ लाई कोभिड १९ विरुद्ध चाइनिज भेरो सेल खोप लगाइएको थियो । 
    
जिल्ला स्वास्थ्य कार्यालयबाट सीमित खोप प्राप्त भएकाले बिहान ९ देखि अपराह्न ३ बजेसम्म ६० देखि ६४ उमेर समूहका नागरिकलाई लगाइने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो । खोप बुनपा–२ गणेशचोक र १० कपनबेखमा लगाइने छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया