नवनियुक्त मन्त्री नैनाकला थापाद्धारा पद बहाल ग्रहण

२ बर्ष अगाडि

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनाकला थापाले बिहीबार मन्त्रालयमा पद बहाली गरेकी छन् । मन्त्रालय एवम् मन्त्रालय सम्बद्ध निकाय प्रमुखहरुको उपस्थितिमा पद बहाली गरिएको थियो ।

पदभार ग्रहण एवं स्वागत समारोहलाई सम्बोधन गर्दै थापाले मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निभाउन सबैको सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहने विचार व्यक्त गरिन् । 

राज्यको चौथो अङ्गको रुपमा रहेको यस मन्त्रालयको गहन जिम्मेवारीमा एक अर्काको पुरक भइ मन्त्रालय सम्बद्ध १८ वटा निकायहरुले तोकिएको जिम्मेवारी असल परम्परा, संस्कार र अभ्यासका आधारमा कार्यान्वयन गर्न जोड दिइन् । सञ्चार तथा सूचना प्रविधिको पहुँचबाट संसार साँघुरिदै गएकोले जनतालाई हात हातमा सरकारी सेवा पुर्‍याउन मन्त्रालय एवं सम्बद्ध निकाय एक परिवारको रुपमा अघि बढ्नका लागि आव्हान समेत गरिन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया