आज नेपाली बजारमा 'मि ११ लाइट' सार्वजनिक हुँदै , के के छन् विशेषता ?

२ बर्ष अगाडि

साओमीको मि ११ लाइट नेपाली बजारमा सार्वजनिक हुँदै छ । साओमीले आज  नेपाली बजारमा   फोरजी भेरियन्ट मा उपलब्ध रहेको मि ११ लाइट फोन सार्वजनिक गर्दै छ । 

फोनमा क्वालकम स्न्याड्रागन ७३२जी प्रोसेसर छ । फोनमा ६ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज, ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज गरी तीन भेरियन्ट छ ।

फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६५५ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले छ । ट्रिपल क्यामेरा सेटअप रहेको फोनमा मेन क्यामेरा ६४ मेगापिक्सेल रहेको छ ।

यसमा रहेको एआई सिनेमा मोडका कारण आकर्षक फोटो र भिडियो लिन सकिन्छ । त्यस्तै फोनमा १६ मेगापिक्सेलको पन्च होल सेल्फी क्यामेरा रहेको छ ।

त्यस्तै ३३ वाट फास्ट चार्जिङसहित ४,५२० एमएएचको ब्याट्री उपलब्ध छ । 

 
२ बर्ष अगाडि

प्रतिक्रिया