काठमाडौं, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कर्मचारी र संस्थापकहरुको शेयर आगामी तीन वर्षसम्म कारोबार (खरीद बिक्री) गर्न रोक लागेको छ ।
कम्पनीको शेयर २०७७ बैशाख ३१ गते बाँडफाँड भएकाले शेयर बाँडफाँड भएको तीन वर्षसम्म रोक्का हुने भएको हो । ३ वर्षपछि भने कर्मचारीर संस्थापकहरुले पनि सर्वसाधारण शेयरधनी सरह खरीद बिक्री गर्न सक्नेछन् ।
कम्पनीले कम्पनीको कर्मचारीहरु र संस्थापकहरुका लागि बिक्री गरेको उक्त शेयर शेयर विसं २०८१ बैशाख ३० गतेसम्म शेयर लकिङ्ग पिरियड कायम गरेको हो ।
नेपाल धितोपत्र बोर्डको निर्देशिका धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को परिच्छेद ९ दफा ३८ को उपदफा १ बमोजिम “विवरणपत्र प्रकाशन गरी निष्काशन गरिएको धितोपत्र बाहेक अन्य समूहले धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन’ भनी उल्लेख छ ।
प्रतिक्रिया