पार्टी विभाजन भए नेपाल पक्षमा नलाग्ने भट्टराईको घोषणा

२ बर्ष अगाडि

काठमाडौं - एमाले नेता योगेश भट्टराईले एक अर्कातिर फर्किएर पार्टीभित्रको विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई सुझाव दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धाएर माधव नेपालको राजनीतिक छवि कायम नहुने र अन्त कतै धाएर ओलीको हैसियत नबढ्ने भन्दै नेता भट्टराईले एक अर्काप्रति विश्वास गर्न सुझाउनु भएका हुन् ।

एमालेभित्रको विवाद सैद्धान्तिक वैचारिक नरहेको र पुस ५ पछि एक अर्कामाथि गरिएको कारवाही नै मुख्य देखिएको भन्दै उनले अव मिल्नुको विकल्प दुवै नेतासँग नरहेको बताए ।

'एक कार्यक्रममा अन्तर्वार्ता दिँदै नेता भट्टराईले भने, माधव जाने ठाउँ देउवा निवास बुढानीलकण्ठ होइन, अध्यक्ष रहेको बालुवाटार नै हुनुपर्छ ।’

उनले भने, 'माधव नेपाल एमालेमा फर्कदै नफर्कने, विपक्षी गठबन्धनतिरै लागिरहने हो भने म त्यता लाग्दिन, म बढो प्रष्टसँग भन्न चाहन्छु, पार्टी विभाजन भए म माधव नेपालको पक्षमा लाग्दिन ।'

उनले माधव नेपाल इगो लिएर एमालेमा नफर्की देउवातिरै लागेर पार्टी फुटाएमा आफू नलाग्ने घोषणा पनि गरेका छन् । एमालेमा बस्दै नबस्ने भनेर माधव हिँडे नेपाल समुह भित्रै रहेका दुई तिहाइ भन्दा बढी नेता कार्यकर्ताले साथ नदिने खुलासा पनि भट्टराईले गरे ।

२ बर्ष अगाडि

प्रतिक्रिया