गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्रसहित ४ मन्त्रीले लिए शपथ

२ बर्ष अगाडि

काठमाडौं - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् गठन गरेका छन् । 

मुख्यमन्त्री नेपालीले आफुलाई समर्थन गर्ने दलहरुबाट एक-एक जनालाई समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री बनेका छन् । चारै जना बिना विभागीय मन्त्री बनेका हुन् ।

नविनयुक्त मुख्यमन्त्रीसहित अन्य चार मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री नेपाली र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु शपथ लिएका हुन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया