मौसम : आज यी  स्थानमा भारी वर्षा  हुने, एक साता  घाम नलाग्ने

२ बर्ष अगाडि

शुक्रबार बाट नेपालमा मनसुन भित्रिएको छ।  शुक्रबार देखि यो पूर्वी नेपालबाट भित्रिएको मनसुन प्रदेश १, २ बागमती र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा  फैलिएको छ। 

मनसुन देशभर फैलिने क्रममा रहेको र मंगलबारसम्म मुलुकभर कायम रहने मौसमविद्ले जानकारी दिएका छन्। देशका धेरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउ  मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

मौसमविद्हरुका अनुसार आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेकोमा प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्नेछ।

राति पनि मुलुकका धेरैजसो स्थानमा पानी पर्नेछ। सोमबार प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो पानी पर्नेछ।

मंगलबार देशभर बदली रहनेछ। देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

यस्तै अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो ।

मौसमविद् वरुण पौडेलले भने, “देशव्यापी रूपमा फैलने क्रममा मनसुनको सक्रियता बढेको छ, त्यसैले एक साताको अवधिमा आकाशको घाम देख्न मुस्किल हुनेछ ।” मनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया