उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने, के के खोल्ने भन्ने बारे आज निर्णय हुने !

२ बर्ष अगाडि

उपत्यकामा निषेधाज्ञा  एक हप्तालाई  थप्ने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको हिजो (शुक्रबार ) बसेको अनौपचारिक बैठकले केहि खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने छलफल गरेको हो ।

निषेधाज्ञा थप्नेबारे बारे आज आईतबार पुःन बैठक बसी निर्णय गर्ने बताईएको छ ।  कुन–कुन क्षेत्र खुलाउने तथा कुन कुन क्षेत्र नखुलाउने भन्नेबारे कुनै निर्णय नभएको जनाईएको छ ।  बिहान ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसलको समयावधि भने केहि समय थप गर्ने बुझिएको छ । 

यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार  निश्चित समय तोकेर  विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ ।

कोरोना महामारीको जोखिम अझै पनि उस्तै रहेकाले केहि खुकुलो बनाएर थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भईरहेको जनाईएको छ । पछिल्लो पटक काठमाडौ उपत्यकामा थपिएको निषेधाज्ञा आउँदो ३१ गते राति १२ बजेदेखि सकिदैँ छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया