पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पतालमा भर्ना

२ बर्ष अगाडि

काठमाडौं - पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । 

स्वास्थ्यमा आएको समस्याका कारण खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । 

‘पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा आएको सामान्य समस्याको कारण आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ’, उनको सचिवालयले जानकारी दिएको छ । 

अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्दै सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया