नेपाल र खनाल समूहसहितको स्थायी समिति बैठक बोलाउने ओलीको तयारी

२ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल–झलनाथ खनालसहितको स्थायी समिति बैठक बोलाउने तयारी गरेका छन् । 

अध्यक्ष ओलीले यसअघि नेपाल–खनाल पक्षलाई एकताका लागि राखेको ६ बुँदे प्रस्तावका आधारमा २०७५ जेठ २ गते कायम स्थायी समितिको बैठक बोलाउने तयारी गरेका हुन् । 

मिति नै तय नभए पनि बैठकको तयारी भइरहेको र त्यसका लागि खनाल नेपालको समेत सहमति ओलीले खोजेको बताइएको छ । 

एमालेको दसौं महाधिवशेन आयोजक समिति आधिकारिक संरचना नभएको भन्दै केही दिनअघि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि बैठकका लागि ओली तयार भएको बताइएको छ ।

विष्णु पौडेलसहित ओली पक्षका दोस्रो तहका नेता एमालेका दुई पक्षको मिलन गराउन प्रयासरत छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया