काठमाडौं– कर्णाली प्रदेशसभाको बैठकमा सर्वोच्च अदालतको आदेशबाट हालै पुनर्वहाली हुनुभएका प्रदेशसभा सदस्यको नाम पढेर सुनाइयो । सभामुख राजवहादुर शाहीले आजको बैठकमा प्रदेससभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पुनर्वहाली हुनुभएको जानकारी दिए ।
बैठकमा नेकपा (एमाले) का संसदीय दलका नेता यामलाल कंडेल कर्णाली प्रदेश सरकारमा एमालेबाट सहभागी भएका भनिएका मन्त्रीलाई तत्काल सरकारबाट फिर्ता हुन आग्रह गरे । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनवहादुर शाहीले प्रमुखप्रतिपक्षी दलले भन्दैमा सरकारमा सहभागी मन्त्री फिर्ता नहुने जिकिर गरे ।
प्रतिक्रिया