१० महिनामा  ४० अर्ब ४३ करोडको को धितोपत्र निष्काशन अनुमति, ३ खर्ब २७ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत

२ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनासम्ममा नेपाल धितोपत्र बोर्डले कुल ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार धितोपत्र बोर्डले २०७८ बैशाख मसान्तसम्ममा १७ अर्ब ५४ करोड बराबरको डिबेन्चर, १३ अर्ब ३४ करोड रुपैयाँ बराबरको साधारण शेयर, ६ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५ करोड बराबरको हकप्रद शेयर गरी कुल ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशनका लागि स्म्बन्धीत कम्पनीहरुलाई निष्काशनका लागि अनुमति दिएको हो ।

यस अवधिमा ३ खर्ब २७ अर्बको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से०) मा सूचीकृत भएका छन् । जसमध्ये २ खर्ब १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र रहेको छ ।

यसैगरी ४३ अर्ब २० करोड रुपैयाँ बराबरको बोनस शेयर, ४१ अर्ब ३३ करोड बराबरको साधारण शेयर (आईपीओ) र १४ अर्ब ५५ करोड बराबरको डिबेन्चर नेप्सेमा सूचीकृत भएको छ ।

यसैगरी, ५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर र २ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्डको इकाई सूचीकृत भएको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया