टिप्पणी

रास्वपाको हस्ताक्षर अभियान : कानुनी राजको खिल्ली वा स्टन्ट ?

शुक्रबार, २० असार २०८२, १४ : १८

काठमाडौं - आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा दाबी गर्नै राष्ट्रिय स्वतन्त्र पार्टीकाबारेमा बजारमा अहिले विभिन्न खालका टिप्पणीहरु सुन्न पढ्न पाइन्छ । पार्टी अध्यक्ष रबी लामिछाने सहकारी ठगी प्रकरणमा कारबाहीमा परेपछि यो पार्टी कुहिरोको काग जस्तै बनेको छ । संसदीय राजनीतिमा उनीहरुको अनुभव नभएर हो वा स्टन्टबाजीमै राजनीतिक सफलता देख्ने बानी परेकोले हो उनीहरु दीर्घकालीन कार्यनीति विकास गर्ने काममा लागेको देखिदैन । 

रवी सहकारी ठगी मुद्धाको पूर्पक्षको लागि थुनामा रहेका छन् । उनलाई सर्वोच्च अदालतले नै थुनामा राख्ने फैसलालाई सदर गरिदिएको छ । भोली मुद्धा जितेर आए भने उनीस आफ्नो दलको नेतृत्वमा पदासीन हुने नै छन् । पुराना दलहरुलाई राजनीतिक नैतिकता र सुशासन सिकाउन राजनीतिमा आएकाहरुले  कानुनी शासनलाई शिरोधार्य गर्नैपर्छ । उनीहरुले उदाहरण बन्ने काम गर्नसके भने मात्र राजनीतिमा उनीहरुलाई मैदान खाली हुने हो । तर उनीहरुमा धैर्यता पनि देखिएको छैन । बरु उनीहरु कानुनी शासनको बर्खिलाप हुनेगरी पाटीृ सभापति रवीलाई छुटाउने उद्देश्यले हस्ताक्षर अभियानमा लागिरहेका छन् ।

लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको छ भनने उनीहरुको दाबी छ । रवीसँगै एउटै मुद्धामा थुनामा रहेका छबिलाल बन्जाडे पनि छन् । जिबी राई भने फरार रहेका छन् । रबि कुनै राजनीतिक मुद्धामा जेल  परेका होइनन् । उनी विशुद्ध ठगी मुद्धामा थुनामा छन् । प्रतिशोध भएको हो भने छबिलाई पनि त भएको होला । उनीहरुले सहकारीको रकम हिनामिना गरेको चित्तबुझ्दो जवाफ जनतालाई दिनै पर्दछ । त्यसैले रवीमाथि प्रतिशोध भयो भनेर हस्ताक्षर चलाउनुको कुनै नैतिक तथा कानुनी आधार छैन । बरु यो त सम्मानित अदालतप्रति अनास्था फैलाउने काम मात्र हो । के राजनीतिक दलमा लागेको मान्छेले जे गरे पनि उन्मुक्ति पाउने व्यवस्था ल्याउन खोजेको हो ? उनले अदालतको अन्तिम फैसला प्रतिक्षा गर्नुको कुनै विकल्प छैन । 

रास्वपा कसैले चाहे पनि नचाहे पनि राष्ट्रिय राजनीतिमा एउटा शक्तिको स्पमा स्थापित भैसकेको छ । अब पार्टीलाई रवीको सती लैजानुभन्दा अन्य नेताहरुले नेतृत्व गर्ने हिम्मत गर्दा नै उत्तम हुन्छ । उनले सफाइ पाएर आएमा दलको विधान अनुसार गरे भैहाल्यो नि । एउटा नेताको अनुपस्थितिमा पनि पार्टी चल्छ भन्ने देखाउनु पर्दछ रास्वपाले । तसर्थ, हस्ताक्षर अभियानमा समय खेर फाल्नुको साटो पार्टीलाई बिस्तार गर्न लाग्दा नै राजनीतिक भविष्य सुरक्षित होला ।     

 
 
शुक्रबार, २० असार २०८२, १४ : १८

प्रतिक्रिया