सभापति देउवाद्धारा पूर्व सांसद अधिकारीको निधनप्रति दुःख व्यक्त

जेठ ३१, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ कांग्रेसका पूर्व सभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको आइतबार काठमाडौंको मनमोहन मेमारियल अस्पतालमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफू निकै दुःखी भएको उल्लेख गर्दै कांग्रेसले एक असल नेता गुमाएको जनाएको छ। कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अधिकारीले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले  उहाँप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विसं १९९९ पुस १९ गते लमजुङको सुन्दरबजार नगरपालिका–४ ९्(साविक दुराडाँडा गाविस चारघरे) मा जन्मनु भएका अधिकारी विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । अधिकारी २०४८ सालदेखि २०५३ सालसम्म कांग्रेस जिल्ला कार्यसमिति लमजुङको सभापति थिए ।

पार्टीको विभिन्न तहको पदमा रही कार्य गरेका अधिकारी विसं २०५६ को आम निर्वाचनमा लमजुङ जिल्ला निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । अधिकारी गैरसरकारी संस्था महासंघको पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष र नेपाल खाद्य संस्थानको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहँदै विकास निर्माणमा समेत क्रियाशील थिए ।

कांग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममाउनले पटक पटक जेल जीवन समेत व्यतित गरेको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८