मध्यपहाडी लोकमार्ग चार दिनपछि सञ्चालन

विहीबार, ०३ असार २०७८, ०८ : २५

काठमाडौं– पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिनपछि सञ्चालनमा आएको छ । वर्षा नरोकिएका कारण पछिल्लो चार दिनदेखि अवरुद्ध बनेको सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुुधवार साँझ एकतर्फी खोलिएको भए पनि वर्षा रोकिएपछि आज बिहानदेखि दुईतर्फी नै खुला भएको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । यद्यपि पहिरो पन्छाउने काम भने जारी रहेको छ । 

पर्वतमा गए रातिदेखि वर्षा रोकिएकोले सडक खुलाउन सकिएको उनले बताए। पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर सडक ठप्प भएको थियो । सडक सञ्चालन भएसँगै चार दिनदेखि अलपत्र बनेका मालवाहक ट्रक, तरकारी तथा फलफूल, औषधि तथा अक्सिजन बोकेका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । कमजोर भूभागका कारण सहस्रधारामा सामान्य वर्षा हुँदासमेत अवरुद्ध हुने गरेको छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले भने वैकल्पिक सडक प्रयोग गरेका थिए । 

विहीबार, ०३ असार २०७८, ०८ : २५

प्रतिक्रिया