पत्रकार शाहमाथि कुटपिटको विरोध

२ बर्ष अगाडि

काठमाडौं– नेपाल पत्रकार महासङ्घले पत्रकार पारशविक्रम शाहमाथि प्रहरीबाट कुटपिट जनाउँदै भ्रत्र्सना गरेको छ । महासङ्घको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवं देशदैनिक डटकमका सम्पादक÷प्रकाशक शाहमाथि समाचार संकलनका क्रममा प्रहरी सहायक निरीक्षक प्रतिभा सिंहले आज स्वयम्भुमा दुव्र्यवहार र कुटपिट गरेको महासङ्घले जनाएको छ । 

महासङ्घका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा    स्वतन्त्ररुपमा पेशागत कर्ममा जुटेका पत्रकारमाथि प्रहरीबाट गरिएको यो कार्य प्रेस स्वतन्त्रतामाथिको हनन् भएको जनाउँदै  पत्रकारको पेशागत स्वतन्त्रतामाथि आघात पु¥याउने र पत्रकार त्रसित बनाउने कार्य रोक्न माग गरिएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया