अर्बपति व्यापारी विनोद चौधरीको होटल नै लिलामीमा

५ बर्ष अगाडि

रुवान्डा–रुवान्डामा नेपाली अर्बपति व्यापारी विनोद चौधरीको लगानी रहेको उबुम्बे ग्राण्डी होटल लिलामीमा जाने खतरा बढेको छ । यो अवस्था होटलले केसिबी बैंक रुवाण्डालाई तिर्नुपर्ने ऋण नतिरेपछि आएको हो । 

उबुम्बे ग्राण्डी होटलमा विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूह अन्तर्गतको सीजी कोर्प ग्लोबलले  स्थानीय मुक्ओनो समुहको अली खान करमाली तथा व्यवसायी रोबर्ट बफकुलेरासँग मिलेर लगानी गरेको छ ।

रुवाण्डाको निजी क्षेत्र महासंघका वर्तमान अध्यक्ष समेत रहेका रोबर्ट बफकुलेराको कयैन क्षेत्रमा लगानी रहेको छ । सोमध्ये घरजग्गा र होटल क्षेत्रमा पनि रहेको छ । 

करमाली कुक्वानो समुहका प्रमुख हुन् । उनको पूर्वी अफ्रिकी क्षेत्रभरी लजिस्टिक, निर्माण, घरजग्गा, वित्त र कृषि क्षत्रेमा लगानी रहेको छ । 

यस्तै चौधरीको सीजी ग्लोबलको  पाँच महादेशका वित्त सेवा, तीव्र चलायमान उपभोग्य वस्तु, शिक्षा, होटल तथा सत्कार र उर्जा लगायतका क्षेत्रा लगानी रहेको छ । यो समूहले ४० सहरहरुमा ‘द जिन्क’ होटेल चलाउँछ । 



तर यति ठूला व्यवसायी घरानाको संलग्नता रहेको  उबुम्बे ग्राण्डी होटल भने करोडौं नतिरेको आरोपमा धरासायी हुने अवस्थामा पुगेको हो । 

यही वर्षको सेप्टेम्बर १८ मा रुवाण्डा विकास बोर्डले १.८ करोड अमेरिकी डलर नतिरेको भन्दै होटल बन्द गर्ने मनसाय युक्तपत्र पत्र पाएको बताइएको छ।  

रुवाण्डाबाट प्रकाशित हुने ‘द न्यू टाइम्स’ले सीजी कोर्र्पले आफ्नो ‘द जिन्क’ ब्राण्डमार्फत होटेल व्यवस्थापन गर्ने भन्ने सहमति उलङ्घन गरेपछि समस्या सुरु भएको जनाएको छ ।

तथापी अन्य दुई साझेदारले होटल लन्च हुनुभन्दा तीन महिना अघि व्यवस्थापन सहमति एकतर्फी रुपमा अन्त्य गरिदिएको बताइन्छ । 

अघिल्लो वर्ष द हिल्टन ग्रुपले होटेलको व्यवस्थापन जिम्मा लिने रिपोर्ट आएपछि सेयरहोल्डरमाझ द्वन्द्व बढेको थियो । 

हिल्टन ग्रुपले सेवालाई डबलट्री ब्राण्ड अन्तर्गत संचालन गर्ने सोचेको थियो जुन यो वर्षको पहिलो चतुर्थांशबाट सुरु हुन्थ्यो । 

समाचार छापेको रुवाण्डेली समाचारपत्र द न्यू टाइम्सले सीजी कोर्पले यस विरुद्ध दुवई इन्टरनेशनल फाइनान्सीयल सेन्टरमा मुद्दा हालेको बताएको छ ।

 त्यसमा जिन्क ब्राण्ड अन्तर्गत होटेल बढी फाइदामा जाने आधारमा सीजीको पक्षमा निर्णय भएको थियो । 

तथापि व्यवस्थापनले सहमति रद्द गरेपछि उक्त निर्णय कार्यान्वयन भएको थिएन । 

लिलामीमा लान सक्ने ऋणको बारेमासीजी समुह र बैंकको ऋण समितिबीच खरिद÷विक्रि सहमतिमार्फत आपसी सहमतिको सर्तमा समस्या समाधान गर्न वैठक भएको समेत बताइएको छ । 

तथापी यो कदम कसरी अन्त्य भयो भनेर बाँकी कुरा स्पष्ट भइसकेको छैन । अन्य सेयरहोल्डरहरुले पनि होटल खरिद गर्न इच्छा व्यक्त गरेको बारे पनि स्पष्ट भएको छैन । 

रुवाण्डा विकास वोर्डले उबुम्बे ग्राण्ड होटल बन्द गर्न पत्र आएको पुष्टि गरेको छ ।  उसले समयावधि सकिने बारेको बैंकको निर्णय पर्खिरहेको पनि बताएको छ ।

विज्ञहरुले अब अगाडि जानको लागि दुई विकल्प भएको बताएका छन् । एउटा मुल्यांकन गर्न तथा प्रचारको लागि एक लिलामीकर्ता खोज्ने र अर्को ऋण नतिरेसम्मको लागि व्यवसाय चलाउनको लागि एक प्रापक म्यानेजर चयन गर्ने ।

तथापी दुवै अवस्थामा एक प्रापक भने चयन गरिन्छ । 

प्रतिक्रियाको लागि सम्पर्क गर्दा सीजी ग्रुपको संचार कार्याललले एक वक्तव्य जारी गरेका छ  । जसमा निराधार रिपार्टका साथमा पूर्वी अफ्रिकी क्षेत्रमा आफूहरुबारे कयैन झुुटो समाचारहरु फैलाइएको उल्लेख गरिएको छ ।

“चौधरी ग्रुप(सीजी ग्लोबल)ले रुवाण्डाको उबेम्वे ग्राण्डी होटलमा गरेको लगानीलाई लिएर पूर्वी अफ्रिकी मिडियाहरुमा हालसालै कयैन समाचारहरु आएका छन् । सीजीले यी समाचारहरुमा रहेका निराधार कथनहरलाई जोडदार पूर्वक अस्वीकार गर्छ । यी समाचार लेख्ने पत्रकारहरुले आफूहरुको प्रतिक्रिया नलिएको भन्न चाहन्छौं,” वक्तव्यमा भनिएको छ । 

समूहले गोपनीयताको कारण मिडियामा आएको केही कथनरुको जवाफ दिने अवस्थामा आफूहरु नरहेको पनि बताएको छ । 

“खेदजनक रुपमा गोपनियताको बाध्यताले गर्दा सीजी यी समाचारहरुबारेमा विस्तारमा बताउन असमर्थ छ । सीजीले विभिन्न कानुनी विकल्पहरुबारे सोचविचार गरिरहेको छ । यसमा मानहानी मुद्धासमेत रहेको छ । हामी सम्बन्धित कानुनी क्षेत्राधिकारमा रहेर उपयुक्त कानुनी कदम सुरु गर्नेछौं ,” वक्तव्यमा थप भनिएको छ । 

यस मुद्दामा तिनको धारणाको लागि सम्पर्क गर्दा बप्फकुलेराले कुनै टिप्पणी नगर्ने र अलिखान करमलीलाई भने कयैन पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

५ बर्ष अगाडि

प्रतिक्रिया