निषेधाज्ञाका कारण करिब २ महिनादेखि बन्द रहेका पठाओ र टुटल भोलिदेखि सञ्चालनमा

सोमबार, ०७ असार २०७८, १३ : १४

काठमाडौं - करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आउने भएको छ । भोलिदेखि सञ्चालनमा आउने भएकोे हो ।  

टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने भएको हो । 

काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरेको थियो । जस अन्तर्गत टुटल र पठाओ सेवा पनि पर्दछन् । 

सोमबार, ०७ असार २०७८, १३ : १४

प्रतिक्रिया