सिके राउतको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

५ बर्ष अगाडि

काठमाडौं – स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सोमबार भएको बहसपश्चात् सर्वोच्च अदालतले जिल्लाको मुद्दा भएकोले जिल्लाले नै फैसला दिने भनी बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । 

राज्य विप्लवकै मुद्दामा तारिख लिन आएका बेला गौरस्थित जिल्ला अदालत रौतहटबाट प्रहरीले डा. राउतलाई पक्राउ गरेको थियो । डा.राउतका दाई जयकान्त राउतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि रिट दायर गराएका थिए । 

सोही अनुसार जिल्लाबाट सर्वोच्च अदालतमा राउतलाई उपस्थित गराइएको थियो । प्रहरीले ठोस प्रमाण जुटाउन नसक्दा सर्वोच्च अदालतले पटक–पटक तारिख दिँदै आएको थियो । तर, आज बिना कुनै फैसला रिट नै खारेज भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया