आयोगले सक्यो दुई हजार उजुरीको अनुसन्धान

५ बर्ष अगाडि

ललितपुर-बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले झण्डै दुई हजार उजुरीको अनुसन्धान सम्पन्न गरेको छ । आयोगमा परेका तीन हजार १९७ वटा उजुरीमध्ये एक हजार नौ सयवटा उजुरीको अनुसन्धान गरिएको आयोगको दाबी छ । 

आयोगले देशका ५६ जिल्लामा पुगेर स्थलगत अनुसन्धान गरी उजुरी सङ्कलन गरेको थियो ।

आयोगका सदस्य तथा प्रवक्ता प्रा.डा. विष्णु पाठकले ६५ जिल्लामा बेपत्ता भएका व्यक्तिहरूसम्वन्धी परेका उजुरीका बारेमा अनुसन्धान गर्ने लक्ष्य लिएको बताए । 
आयोगमा परेका उजुरीको अनुसन्धानकै क्रममा १९ जना घरपरिवारको सम्पर्कमा आएको पनि जानकारी दिए । अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया