तपाईँसँग नागरिकता छ ? नत्र परिचयपत्र पाइन्न नि !

५ बर्ष अगाडि

 काठमाडौं -तपाईँसँग नागरिकताको प्रमाणपत्र छ ? यदि छैन भने तपाईँले सरकारले बाँड्न थालेको राष्ट्रिय परिचयपत्र पाउनुहुने छैन । उक्त परिचयपत्र वितरण गर्न सरकारले नागरिकताको प्रमाणपत्र हुनुपर्ने मापदण्ड बनाएकाले यस्तो भएको हो ।

स्मरणीय छ, सरकारले यही मंसिर ३ गते पाँचथर जिल्लाबाट परिचयपत्र बितरण गर्न सुरु गरेको छ । गृहमन्त्री रामबहादुर थापामगरले पाँचथरको फिदिम नगरपालिका–४ की १ सय १ वर्षीय भगवतीदेबी भण्डारीलाई पहिलो परिचयपत्र दिएर सो कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए ।
पहिलोचरणमा पाँचथर र सिंहदरबारका निजामती कर्मचारी, सेना र प्रहरीलाई सो पत्र वितरण गर्न थालिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र गृह मन्त्रालयबाट मात्र बितरण भइरहेको छ । कम्प्युटर अपरेटर ईश्वरा श्रेष्ठका अनुसार गृह र अर्थ मन्त्रालयमा कार्यरत कर्मचारीको परिचयपत्र बितरण सकिन लागेको छ ।

उनले सबै मन्त्रालयका कर्मचारीको बिवरण रुजु गरी त्यसलाई व्यवस्थित पारिएको बताउँदै भने–कार्ड लिने–दिने प्रक्रिया झन्झटिलो छैन तर विवरण भर्दा होशियारी अपनाउनुपर्छ ।’

परिचयपत्रको अगाडि भागमा थर, नाम, जन्म, आमा–बुबाको नाम तथा परिचयपत्र नम्बर र परिचयपत्र सदर गरिएको मिति रहने छ । परिचयपत्रको पछाडिको भागमा ठेगाना, नागरिकताको किसिम, श्रीमान् वा श्रीमतीको नाम र प्याकेज डाटा रहेको हुन्छ । अगाडि नेपालको लोगो र राष्ट्रिय झण्डा र पछाडि गैंडाको चिन्ह रहेको छ । परिचयपत्र नम्बर १० अंकको रहेको छ । असार ५ गतेबाट पाँचथरमा अभियान सुरु गरिएको थियो, यहाँ ६० हजारले परिचयपत्र लिइसकेको बिभागको तथ्यांकले जनाएको छ । परिचयपत्र बनिसकेपछि मोबाइलमा म्यासेज पठाएर परिचयपत्र लिन बोलाइने गरेको छ । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया