आजबाट बिक्रीमा आयो प्रिमियर इन्स्योरेन्सको ५ लाख ४८ हजार कित्ता संस्थापक सेयर

बुधबार, १६ असार २०७८, ०९ : ५०

काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी ९नेपाल० लिमिटेडको संस्थापक सेयर आजबाट लिलामीमा बिक्री खुल्ला भएको छ ।

कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हो । 

उक्त सेयरको न्यूनतम मूल्य ६ सय रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आजदेखि असार २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

बुधबार, १६ असार २०७८, ०९ : ५०

प्रतिक्रिया