काठमाडौं - नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।
राष्ट्र बैंकले मंगलबार मर्जर तथा प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । दुवै कम्पनीको असार ५ गते, शनिबार सम्पन्न भएको विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।
नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा वैशाख १७ गते हस्ताक्षर भएको थियो । युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्न लागेको हो ।
जस अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंक लिमिटेडको नाममा ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड रूपैयाँ पुग्नेछ ।
प्रतिक्रिया