सिटिजन्स बैंकले एक्विजिशनका लागि तोक्यो बुक क्लोज मिति, कहिले ?

बुधबार, १६ असार २०७८, १२ : ३४

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनार्थका लागि बुकक्लोज मिति तोकेको छ ।

मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनका लागि असार २४ गते, एक दिन बुकक्लोज गर्ने निर्णय गरेको हो । 

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने ९मर्जर० तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम सिटिजन्स  बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा जेठ १० गते, सोमबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

बुधबार, १६ असार २०७८, १२ : ३४

प्रतिक्रिया