सनराइज क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न आग्रह

बुधबार, १६ असार २०७८, १३ : १८

काठमाडौं - सनराइज क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।

बैंकको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको हो । 

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ ।

बुधबार, १६ असार २०७८, १३ : १८

प्रतिक्रिया