काठमाडौं, लक्ष्मी बैंक ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट असार १५ गते स्वीकृति पाएको हो । बैंकले २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको छ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा १० वर्ष २०८७ सम्मका लागि ऋणपत्र निष्कासन गर्नेछ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रतिक्रिया