आज सम्म कायम शेयरधनीले मात्र नेको इन्स्योरेन्सको प्रस्तावित लाभांश प्राप्त गर्ने

विहीबार, १७ असार २०७८, ०८ : ४८

काठमाडौं - नेको इन्स्योरेन्स कम्पनीले प्रस्तावित गरेको लाभांश लिने वा नलिने यस बारेमा शेयर लगानीकर्ताले निर्णय लिने अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि भोलि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ । त्यसकारण असार १७ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीको प्रस्तावित लाभांश पाउन शेयर नहुनेहरुले आजै किन्नुपर्नेछ भने लाभांश लिन अनिइच्छुक लगानीकर्ताले आजै शेयर बेचेर बाहिरीनुपर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५।५ प्रतिशत बोनश शेयर र करका लागि ०.८२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न असार ३१ गते २५ औं वार्षिक साधारणसभा डाकेको छ ।
 

विहीबार, १७ असार २०७८, ०८ : ४८

प्रतिक्रिया