नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

विहीबार, १७ असार २०७८, ०९ : ४२

काठमाडौं, नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले गत  आव २०७६/७७ को नाफाबाट शेयरधनीलाई १५.५ प्रतिशत बोनस शेयर र ०.८३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी असार ३१ गते २५औं साधारण सभा बोलाएको छ । 
सभा ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट हुने भएको हो । साथै अन्य प्रस्तावमा कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ । 

उक्त सभा प्रयोजनका लागि शुक्रवारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले लाभांशका लागि आजसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश पाउनुका साथै साधारण सभामा भाग लिन सक्नेछन् । 

विहीबार, १७ असार २०७८, ०९ : ४२

प्रतिक्रिया