काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेखमा ब्याज छुट पाउने भएका छन् । कम्पनीले कोरोना महामारीका कारण असार १७ गतेदेखि असार ३१ गतेसम्म ब्याज छुट दिने भएको हो ।
इन्स्योरेन्सले तिर्नु पर्ने मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत, २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ४५ प्रतिशत ब्याज छुट दिने जनाएको छ ।
त्यस्तै, तिर्नु पर्ने मितिले ३ वर्षभन्दा बढी व्यतित भएको बीमालेखको हकमा ३५ प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया