काठमाडौं, सानिमा जनरल इन्सुरेन्सको स्थगित तेस्रो वार्षिक साधारण सभा असार २३ गते (बुधबार) हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादी काठमाडौंमा विहान १०ः३० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
सभामा कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा छ । यस्तै, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ । सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । तसर्थ, लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २९ गते बुक क्लोज गरिसकेको छ ।
प्रतिक्रिया