काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिकाबीच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार नगरपालिकावासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा आइएमई जनरल कम्पनीमार्फत हुने भएको हो ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका गरेका छन् ।
प्रतिक्रिया