कामाडौं - सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउन ईजी बैंक सेवा संचालनमा ल्याएको छ ।
बैंकले नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अनतर्गत रहि ईजी बैंक नामको अनलाइन प्लाटफर्म सार्वजनिक गरेको हो ।
यस प्लाटफर्ममा सिद्घार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहेका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सक्नेछन् ।
हाल ईजी बैंक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन सकि तथा आफ्नो सिआरएन नं हेर्न सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया