काठमाडौं - मिर्मिरे लघुवित्तले चुक्ता पूँजीको ९.२० प्रतिशत बोनस शेयर वितरण गरेको छ । लघुवित्तले असार २३ गते शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरेको हो ।
शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) हुँदासम्म शेयर अभौतिकीकरण गराइसकेका शेयरधनीको हितग्राही खातामा उक्त बोनस जम्मा गरिएको हो ।
बुकक्लोजपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने लघुवित्तले जनाएको छ ।
प्रतिक्रिया