एनआइबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश, प्रतिइकाई खुद मूल्य १७.२१ पुग्यो

विहीबार, २४ असार २०७८, १२ : १६

काठमाडौं - नेपालकै पहिलो खुला मुखी योजना एनआइबिएल सहभागिता फण्डले सञ्चालनको दोस्रो वर्ष सफलता पूर्वक सम्पन्न गरि तेस्रो वर्षमा प्रवेश गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपो जिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित यस योजनाले नेपालको पूँजी बजारमा खुला मुखी योजनाको परिचय दिन सफल भएको छ । 

यस खुला मुखी योजनाले सञ्चालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै आफ्ना इकाई धनीहरूको लागि ८.२५ प्रतिशत नगद लाभांश समेत प्रदान गर्न सफल भएका थिए । रु १०.०० अंकित मूल्य रहेको यस योजनाको २०७८ साल असार २२ गतेको दिनको तथ्याङ्क अनुसार प्रति इकाई खुद मूल्य रु १७.२१ पुगेको छ भने योजनाको आकार ३१.४२ करोड पुगेको छ ।

योजना व्यवस्थापक, एनआईबिएल एस क्याप्टिल लिमिटेडले एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा लगानीकर्ताहरूलाई आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्म वृद्धि गराउने योजना गत आइतबार असार २० गते देखि आज बिहीबार असार २४ गते सम्मको लागि ल्याएको थियो । 

तसर्थ यस योजनामा हाल सम्म सहभागि नभएका लगानीकर्ताहरूलाई आज योजनाको अन्तिम दिन अपह्रान्न ३ बजे सम्ममा सहभागि हुन समेत एनआईबिएल एस क्याप्टिल लिमिटेडलेले अनुरोध गरेको छ ।

यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोला प्रथाद्वारा Facebook Live मार्फत गरिनेछ र योग्य सहभागिताबाट २० जना विजेता घोषणा गरिनेछ र पूर्व निर्धारित नियम र सर्तहरू अनुसार पुरस्कार वितरण गरिनेछ ।

विहीबार, २४ असार २०७८, १२ : १६

प्रतिक्रिया