बिहीबार २३.७६ अंक बढेर २८२४.८९ विन्दुमा नेप्से,कारोबार रकम कति ?

विहीबार, २४ असार २०७८, १५ : ५०

काठमाडौं, साताको अन्तिम दिन (बिहीबार) नेप्से परिसूचक २३.७६ अंक बढेर २८२४.८९ विन्दुमा पुगेको छ। साताका ४ कारोबार दिनमा ४२.४७ अंक गुमाएको नेप्से यस दिन २३.७६ अंक माथि उक्लिएको हो।

यस दिन कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिन अर्थात बुधबार ४ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन २२३ कम्पनीको ५१ हजार ८६८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी २ उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक यस दिन २.१२ प्रतिशत बढेको छ भने जलविद्युतको १.९५ प्रतिशत, लघुवित्तको १.३३ प्रतिशत र लगानीको १.०८ प्रतिशत बढेको छ। कारोबारमा आएका व्यापार र अन्य उपसमूहको परिसूचक भने यस दिन ०.५५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २१ करोड १८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको १७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन गुहेश्वरी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४३ रुपैयाँ बढेर ४६६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य ६.११ प्रतिशत बढेको छ। कारोबारमा आएका जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, मल्टीपपर्स फाइनान्स र सिभिल लघुवित्तको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ।

विहीबार, २४ असार २०७८, १५ : ५०

प्रतिक्रिया