काठमाडौं, केसीएल अस्ट्यूट क्यापिटलले साउन ८ गते दोस्रो विशेष साधारण सभा बोलाएको छ।
सभा केन्द्रिय कार्यालय, हात्तिसारमा दिउसो १ बजेबाट सुरु हुने भएको छ ।
सभाले क्यापिटल र गरिमा विकास बैंक बिच गरिमाले क्यापिटलको शेयर लगानी÷स्वामित्व खरिद गर्न सम्बन्धी भएको सम्झौता पारित गर्नेछ। यसका साथै कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ३० करोड पुर्याउने, जारी तथा चुक्ता पूँजी २४ करोड २० लाख पुर्याउने, क्यापिटलको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
प्रतिक्रिया