काठमाडौं, युनियन लाइफ इन्स्योरेन्सको आईपिओ निष्काशन भएको पहिलो दिन साढे ४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।
सिडिएससीले दिएको जानकारी अनुसार बिहीबार साँझ ५ बजेसम्ममा इन्स्योरेन्सको साधारण शेयरमा ४ लाख ६१ हजार ३५६ वटा आवेदन परेको हो । उल्लेखित आवेदनबाट ८२ लाख ४७ हजार ८८० कित्ता शेयर माग भएको सिडिएससीले जनाएको छ ।
इन्स्योरेन्सले सर्वसाधरणका लागि एक सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गरिरहेको छ । छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोडको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गरेको हो । निष्काशित शेयर संख्याभन्दा झण्डै १९ लाख कित्ता धेरै शेयर निष्काशन सुरु भएको पहिलो दिनमा नै माग भएको हो ।
इन्स्योरेन्सले निष्काशन गरेकोे कुल ६४ लाख ५० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता संस्थाका कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरिएकोे छ। सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।
उक्त आईपीओमा असार २४ गतेदेखि छिटोमा असार २८ गतेसम्म र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्ने निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । पछिल्लो चरणमा निष्काशित आईपीहरुमो झण्डै २० लाखको हाराहारीमा आवेदन परेकाले यसमा पनि १० कित्ता शेयरका लागि मात्र आवेदन दिँदा उपयुक्त हुनेछ ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया