नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त बिचको एकीकृत कारोबार ३० असार बाट

शुक्रबार, २५ असार २०७८, ०८ : १९

काठमाडौं– नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तिय संस्था सँगको एकीकृत कारोबार आगामी असार ३० गते बाट गर्ने भएको छ ।

नेपाल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने सन्दर्भमा गत जेठ २५ गते दुबै कम्पनीको छुट्टाछुट्टै बसेको साधारण सभाले पारित गरेको थियो । प्राप्ति सम्बन्धी राष्ट्र बैंक बाट गत असार १५ गते प्राप्त पत्रबाट वित्तिय संस्था प्राप्ति गर्ने अन्तिम स्वीकृत प्राप्त गरेको थियो ।

अब महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाको सम्पूर्ण कारोबार नेशनल माइक्रोफाइनान्सको नाम बाट हुने छ ।

प्राप्ति पश्चात संस्थाको केन्द्रिय कार्यालय निलकण्ठ नगरपालिका धादिङमा हुने छ ।

एकीकृत कारोबार अघि आन्तरिक कामको लागि असार २९ गते सम्पूर्ण कारोबार बन्द हुने समेत कम्पनीले जनाएको छ ।

एकीकृत कारोबार नेशनल माइक्रोफइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड बाट हुने छ ।

शुक्रबार, २५ असार २०७८, ०८ : १९

प्रतिक्रिया