काठमाडौं - युनियन हाइड्रोपावरको वार्षिक साधारण सभा आज हुदै छ । कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज बिहान ११ बजे हुने भएको हो ।
आफ्नो १३ औं र १४ औं वार्षिक साधारण सभा गर्न लागेको कम्पनीले जनाएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा नभएको कारण यो वर्ष लगानीकर्ताको हात भने खालि हुने भएको छ ।
सभामा सञ्चालकहरुको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गरिने भएको छ । सभा प्रयोजनका लागि यसले असार १५ गतेदेखि २५ गतेसम्म गते बुक क्लोज गरिएको कम्पनीले जनाएको छ ।
यो सँगै असार १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया